काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दै

राष्ट्रपाटी न्युज

मंसिर २६, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहने छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ।

प्रात: कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।


Published :मंसिर २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media