दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दा दायर

राष्ट्रपाटी न्युज

मंसिर २६, २०८१

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरेर केही समयअघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।

ब्युरोले उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो।

त्यसअनुसार सरकारी वकिलले उनलाई दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो।

त्यसैगरी प्रसाईंले दोहोर्‍याएर सोही अपराध गरेको भन्दै थप सजायको पनि माग गरेको हो।

प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

यसअघि पनि साइबर क्राइममा पक्राउ परेका प्रसाईँ एक लाख धरौटीमा रिहा भएका थिए । प्रसाईँले निरन्तर रुपमा दलका शीर्ष नेताहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।


Published :मंसिर २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media