काठमाडौं महानगरले आज ३० औं महानगर दिवस मनाउँदै

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज ३० औं महानगर दिवस मनाउँदैछ। दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र साँस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने महानगरले जनाएको छ। बिहान ९ बजेदेखि नै टुँडिखेलमा मौलिक खाना महोत्सव हुनेछ। ‘एक वडा -एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी पनि हुनेछ।

विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने महानगरले जनाएको छ। सांगीतिक कार्यक्रम दिउँसो ३ बजे शुरु हुनेछ। सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको छ।

२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो। त्यस यता यसै दिनलाई महानगर दिवसका रूपमा मनाउँदै आइएको छ।


Published :मंसिर २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media