सोमालियाबाट ६० लाख मानिस विस्थापित

मोगादिसु । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए)ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ ।

मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसलाई सहयोग गर्नमा केन्द्रित रहेको र ४० लाख मानिसलाई सहायताका लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

यद्यपि, ओसीएचएले चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौँ सोमालीको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ । (रासस/सिन्ह्वा)


Published :पुस १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media