काठमाडौँमा चिसो बढ्यो, तराईमा बाक्लो हुस्सु लाग्ने

काठमाडौँ । काठमाडौँमा चिसो बढेको छ। आज बिहान ५ः ४५ बजे काठमाडौँको तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको थियो। मौसम विद् विनु महर्जनका अनुसार देशभरको तापक्रम आज दिउँसो सामान्य रहनेछ ।

आज राति भने कर्णालीलगायतका भागमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो उपत्यका र तराईंमा बाक्लो हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोबाट सहज भएर बस्न मौसम विभागले अनुरोध गरेको छ ।


Published :पुस १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media