नयाँ नाटक “यशस्वी भव: “को प्रदर्शन शुरु

काठमाडौं। पिक प्वाइन्ट ड्रामा क्लबले तयार पारेको नयाँ नाटक “यशस्वी भव: “को प्रदर्शन शुरु भएको छ। कुञ्ज थिएटर, बानेश्वर काठमाडौंमा आज एक विशेष समारोह बिच नाटक “यशस्वी भव: ” को बिमोचन सहित प्रदर्शनी शुरु गरिएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाइन्ट एकेडेमीका विधार्थीहरुको क्लब पिक प्वाइन्ट ड्रामा क्लबले तयार पारेको नाटक अब एक हप्ता सम्म दिनको दुइ शो ११ बजे तथा १:३० बजे संचालन गरिने बताइएको छ।

राम के ए सीको लेखन तथा निर्देशन रहेको नाटक “यशस्वी भव:” एकपटक हेर्न सबैलाई पिक प्वाइन्ट एकेडेमीका भाइस प्रिन्सिपल महेश केसीले सबैलाई आग्रह गरेका छन्।


Published :पुस ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media