काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ५.६० अंकले घटेको नेप्से परिसूचक आज ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा पुगेको छ। कारोबार रकम बुधबारको तुलनामा घटेको छ। आज ३१० स्क्रिप्सको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँमा खरिदबिक्री भए।
बुधबार ४ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको हो ।