काठमाडौँ । आज वि.सं २०८१ पौष ५ गते शुक्रबार, ई.स. २०२४ डिसेम्बर २०, तिथि- पौष कृष्णपक्ष पञ्चमी, १२ः५० बजेपछि षष्ठी, मघा- नक्षत्र, विष्कम्भ- योग, तैतिल- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः५१, सूर्यास्त- १७ः११ ।
मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।
वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।
कर्कट : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।
सिंह : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।
कन्या : एक्लोपन र निराशाले सताउनेछ ।
तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।
कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।