बुढानीलकण्ठ नगरपालिकाका बासिन्दाले निःशुल्क रुपमा रगत पाउने

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाका स्थायी बासिन्दा, कर्मचारी तथा परिवारलाई निःशुल्क रुपमा रगत उपलब्ध हुने भएको छ। यस बिषयमा केन्द्रीय रक्तसञ्चार केन्द्र र बुढानीलकण्ठ नगरपालिका बीच सम्झौता भएको छ ।

बुढानीलकण्ठ नगरपालिका कार्यालय र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, काठमाडौं बीच २०८१/०९/४ गते (बिहिबार) सम्झौता‍-पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता-पत्रको पूर्णपाठः
उद्देश्य :
१. बुढानीलकण्ठ नगरपालिकाका स्थायी बासिन्दा तथा बुढानीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारी तथा परिवारलाई निःशुल्क रगत उपलब्ध गराउने ।

२. बुढानीलकण्ठ नगरपालिकाबाट केन्द्रीय रक्तसञ्चार सेवामा रगत संकलन कार्यमा सहयोग गर्ने ।

सहमतिका बुँदा तथा शर्तहरु
१. रगत वा रक्त तत्व आवश्यक पर्दा स्टकमा उपलव्ध भएको आधारमा प्राथमिकता दिई केन्द्रीय रक्तसञ्चार सेवाले नगरपालिकाका बासिन्दा, नगरपालिकाका कर्मचारी तथा परिवारलाई निःशुल्क रगत उपलब्ध गराउनेछ ।

२. नगरपालिकाले निःशुल्क रगत सेवाका लागि पहिलो पटक रु.५०,०००।- (पचास हजार) रकम केन्द्रीय रक्तसञ्चार सेवामा निकासा गर्नेछ । केन्द्रीय रक्तसञ्चार सेवाले प्रत्येक ३ महिनामा खर्च विवरण नगरपालिकालाई पठाउने छ र यसरी जम्मा भएको रकमको ८० प्रतिशत खर्च भइसकेको आर्थिक प्रतिवेदन पेश गरेपछि थप रकम नगरपालिकाबाट जम्मा गरी सोही अनुसार सेवा सञ्चालन गरिनेछ ।

३. यसरी केन्द्रीय रक्तसञ्चार सेवाले आर्थिक प्रतिवेदन पठाउँदा सेवा प्रदान गरिएको व्यक्तिको नामावली र उपलब्ध गराइएको रगत तथा रक्त तत्त्वको किसिम तथा लागेको शुल्क सहित निम्न कागजातहरु संलग्न गर्नुपर्नेछ । (क) निःशुल्क रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति नगरपालिकाको स्थायी बासिन्दा वा नगरपालिकाको सवै कर्मचारी तथा परिवार भएको प्रमाणित हुने कुनै किसिमको आधिकारिक परिचय पत्र वा सरकारी कागजात ( नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, बसाइसराई) को प्रतिलिपीमा विरामीको आफन्त वा विरामी स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ ।

४. आपतकालिन वा आकस्मिक अवस्थामा रगत लिनुपर्ने भई सम्बन्धित व्यक्तिले अन्य कागजात पेश गर्न नसकेको अवस्थामा नगद भुक्तानी गरी सम्बन्धित व्यक्तिले लैजानुपर्नेछ । नगरपालिकाको सिफारिस वा कागजात प्राप्त भएपछि भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने वा विलको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा वाटै भुक्तानी दिने व्यवस्था मिलाइने छ। यो कारबाही रगत तथा रक्त तत्व माग गरेको दिनको ३५ दिन भित्रै टुंग्याउनु पर्ने छ ।

५. अस्पतालमा लगिएको रगत प्रयोग नभएमा गुणस्तर नविगारी फिर्ता गर्न गराउन विरामीका आफन्तलाई उत्प्रेरित गराउने संयुक्त जिम्मेवारी हुनेछ । त्यस्तै नगरपालिका क्षेत्र भित्र रक्तदान उत्प्रेरणा कार्यक्रम आयोजना गर्न गराउन नगरपालिकाले बार्षिक कार्यक्रमको योजना बनाई कार्यान्वयनमा प्राथमिकता दिनेछ।

६. नगरपालिकाले हरेक वडाहरुमा पालो मिलाई कम्तिमा वार्षिक सेवाको सहयोगमा आयोजना गर्नेछ । २ वटा रक्त संकलन शिविर केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा आयोजना गर्नेछ ।

७. क्लिया (CLIA) प्रविधिबाट TTI Test गरेको खण्डमा प्रति युनिट शुल्क रु १,१६०/- (एक हजार एक सय साठी) कायम गरिएको छ भने TTI Test Rapid बाट गरेको खण्डमा प्रति युनिट शुल्क रु ७५०/- (अक्षरेपी सात सय पचास) हुनेछ। कस म्याच गर्नुपरेको खण्डमा थप रु.२००/-(दुई सय मात्र) Tube method चाट र रु २८० ( दुई सय असी मात्र) Gel method बाट अतिरिक्त सेवा शुल्क लाग्नेछ ।

रक्त वा रक्ततत्वको शुल्क नेपाल सरकारले तोके बमोजिमको हुनेछ जसको शुल्क निम्नानुसार रहेको छ।


Published :पुस ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media