ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा आज (शनिबार) श्रव्यदृश्य माध्यम बाट शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले यस बाट लाभ लिन सबैलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन् ।  प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् । “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यस बाट लाभ लिऔँ ।”

ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गरेका छन् । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ”, उनले भनेका छन् ।

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताएका छन् ।


Published :६ पुष २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media