थाहा पाउनुहोस् २०८१ पौष ९ गते मंगलबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ पौष ९ गते मंगलबार, ई.स. २०२४ डिसेम्बर २४, तिथि- पौष कृष्णपक्ष नवमी, हस्त- नक्षत्र, १२ः५३ बजेपछि चित्रा, शोभन- योग, गर- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५३, सूर्यास्त- १७ः१३ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

वृश्चिक : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।


Published :पुस ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media