यस्तो छ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भाेलिदेखि बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :पुस ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media