काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय गरेको छ ।
बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सुनाएका हुन् ।
सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए ।
उहाँका अनुसार सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचिको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमति नलिई क्यासिनो सञ्चालनलाई संवद्ध कसूर तोक्ने निर्णय भएको छ ।