आजको मौसमः देशैभर बदली रहने

काठमाडौँ । देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम तथा कर्णालीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली तथा कोशीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।


Published :पुस १३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media