आजदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौँ । शुक्रबार रातिदेखि बदली भएको मौसम आज आइतबारदेखि सुधार हुँदै जानेछ। बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् सञ्जीव अधिकारीले शनिबार राति पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जानकारी दिए। कालिकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको उनले बताए। हुम्लासहित हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम छ। जसका कारण देशभर मौसम साधारणदेखि पूर्णतया बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Published :पुस १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media