साउदीबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स पुष्टि

काठमाडौं । नेपालमा विदेशबाट आएका थप एक जनामा एमपक्स पुष्टि भएको छ।

साउदी अरबबाट हिजो मात्र नेपाल आएका ४४ वर्षीय पुरुषमा मंकिपक्स पुष्टि भएको हो।

मंकिपक्सका लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको पीसीआर परीक्षण गरिएको थियो।

उक्त परीक्षणमा पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ। उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।


Published :पुस १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media