मौसम पूर्वानुमानः कोशी प्रदेशका केही स्थानमा बदली हुने

काठमाडौं । मंगलबार बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ। महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका केही स्थानमा मौसम बदली हुनेछ भने अन्य क्षेत्रको मौसम सफा रहनेछ।

आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

हुस्सु र कुहिरोले दैनिक जनजीवन, पर्यटन, सडक यातायात तथा हवाई क्षेत्रमा असर पर्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।


Published :पुस १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media