बालगायक परियारको मृत्युमा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं । बाल गायक सचिन परियारको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले  एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको पनि बताएका छन् ।

‘यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली ‘, ओलीले लेखेका छन्।

परियारको बिहिबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको थियो।


Published :पुस १८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media