काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ ।
उनीहरुबीच करिव २ घण्टा छलफल भएको थियो । उनीहरुबीच पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
लगातार दुई कार्यकाल राष्ट्रपति भइसकक्नुभएकी भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चाबीच उनीहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शीतल निवास छाडेर बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएकी पूर्व राष्ट्रपति भण्डारीलाई एमालेभित्रका ओलीइतर पक्षका नेताले पुन राजनीतिमा आउन आग्रह गरिरहेका छन् ।