कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना छ। राति हिमाली क्षेत्रमा आंंशिक बदली रहनेछ।

पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा पनि मुख्यतया सफा नै रहनेछ ।


Published :पुस २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media