थाहा पाउनुहोस् २०८१ पौष २२ गते सोमबारको राशिफल

काठमाडौँ । आज विसं २०८१ पौष २२ गते सोमबार, ई.स. २०२४ जनवरी ६, तिथि- पौष शुक्लपक्ष सप्तमी, उत्तरभाद्रपदा- नक्षत्र, परिघ- योग, गर- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः२२ ।

मेष : मनोरञ्जन र खेलबाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्न सक्छ ।

वृष : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

कन्या : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

तुला : मातापिता वा विशिष्ट व्यक्तिबाट महत्वपूर्ण सुझाव मिल्नेछ ।

वृश्चिक : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

धनु : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

मकर : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

कुम्भ : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मीन : सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ ।


Published :पुस २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media