काठमाडौँमा लामो समयसम्म ठुलो भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस हुँदा सबै मानिस सडकमा निस्किएका छन्।

पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार कति म्याग्निच्यूडको भूकम्प गएको हो भनेर एकिन भइसकेको छैन ।

पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो ।

बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए ।
भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो ।
धरान र बिराटनगरमा पनि भूकम्पको धक्का महसुस भएको थियो । यसको थप जानकारी आउन बाँकी छ ।


Published :पुस २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media