थाहा पाउनुहोस् २०८१ पौष २३ गते मंगलबारको राशिफल

काठमाडौँ । आज वि.सं. २०८१ पौष २३ गते मंगलबार, ई.सं. २०२४ जनवरी ७, तिथि-पौष शुक्लपक्ष अष्टमी, रेवती-नक्षत्र, शिव- योग, वव-करण, चन्द्रराशि- मीन, सूर्योदय-६ः५८, सूर्यास्त- १७ः२३ ।

मेष : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।

सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।

कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।


Published :पुस २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media