थाहा पाउनुहोस् २०८१ पौष २४ गते बुधबारको राशिफल

काठमाडौँ । आज वि.सं. २०८१ पौष २४ गते बुधबार, ई.स. २०२४ जनवरी ८, तिथि-पौष शुक्लपक्ष नवमी, अश्विनी-नक्षत्र, सिद्ध-योग, कौलव-करण, चन्द्रराशि-मेष, सूर्योदय-६ः५८, सूर्यास्त-१७ः२४ ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

तुला : सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ ।

वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुने योग छ ।

धनु : मनोरञ्जन र खेलबाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्न सक्छ ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।


Published :पुस २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media