अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदै

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदैछ। मंगलबार राजधानी वासिङ्टन ल्याइएको उनको शव श्रद्धाञ्जली अर्पण गर्नका लागि दुई दिन त्यहाँ राखिएको हो। पुस १५ गते जर्जियास्थित आफ्नै निवासमा सय वर्षको उमेरमा कार्टरको निधन भएको थियो।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपतिको रूपमा देशको बागडोर सम्हालेका थिए। बिहीबार जर्जियामा लगेर श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उनको अन्त्येष्टि गरिनु अघि राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिने छन् ।


Published :२५ पुष २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media