यस्तो छ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतको आदेश (पूर्णपाठ)

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको छ ।
अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 


Published :पुस २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media