थाहा पाउनुहोस् २०८१ पौष २६ गते शुक्रबारको राशिफल

काठमाडौँ । आज वि.सं. २०८१ पौष २६ गते शुक्रबार, ई.सं. २०२४ जनवरी १०, तिथि-पौष शुक्लपक्ष एकादशी, ९ः३६ बजेपछि द्वादशी, कृतिका-नक्षत्र, १३ः३२ बजेपछि रोहिणी, शुभ-योग, भद्रा-करण, चन्द्रराशि-वृष, सूर्योदय-६ः५८, सूर्यास्त-१७ः२५ ।

मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तिनेछ ।

कुम्भ : पढाइलेखाइका सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मीन : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।


Published :पुस २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media