
बुढानीलकण्ठ। बुढानीलकण्ठ युवा परिषद वडा नम्बर ८ ले दन्त स्वास्थ्य शिविर संचालन गरेको छ। यहि मिति २०७९ साल पौष २७ गते युथ डेन्टिस्ट्री नेपालको सहकार्यमा स्थानीय समुदायलाई निःशुल्क दन्त सेवा प्रदान गरिएको हो।
यस अवसरमा, पञ्चायतकालदेखि सामाजिक तथा धार्मिक कार्यमा समर्पित अग्रजहरू पूर्ण डंगोल, गोपाल खड्का, बच्छु तामाङ, र मंगालदास डंगोललाई सम्मान गरिएको थियो।
उक्त अबसरमा वडा अध्यक्ष सुमन तामाङ र महांकाल युथ क्लबका अध्यक्ष गोपाल डंगोललाई परिषदले योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरेको थियो ।