रवि आज र भाेलि प्रहरी हिरासतमै रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि न्यायिक हिरासतमै पठाउने आदेश भएको छ ।

आज थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई प्रहरीसँगै न्यायिक हिरासतमै पठाउने आदेश गरेका हुन् ।

यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका हुन् ।

भोलि सरकारी बिदा भएका कारण अब बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । बुधबार लामिछानेका तर्फबाट बहस भएपछि मात्र उक्त मुद्दामा थुनछेक आदेश हुने छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

बयान नसकिएपछि आइतबार पनि उनलाई हिरासत पठाउने आदेश भएको थियो ।


Published :पुस २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media