थाहा पाउनुहोस् २०८१ माघ १ गते मंगलबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ १ गते मंगलबार, ई.स. २०२४ जनवरी १४, तिथि- माघ कृष्णपक्ष प्रतिपदा, पुनर्वशु- नक्षत्र, १०ः५१ बजेपछि तिष्य, विष्कम्भ- योग, वालव- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२८ ।

मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : पुरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।


Published :माघ १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media