टुँडिखेलमा माघे सङ्क्रान्तिको रौनक (फोटो फिचर)

काठमाडौँ । मगर समुदायले काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेर माघे सङ्क्रान्ति पर्व मनाएका छन् ।

नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको थियो। कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो सांस्कृतिक पोसाकसहित उपस्थित भएका थिए। मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने प्रचलन माघे सङ्क्रान्ति रहिआएको छ। कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, झ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–संगीत प्रस्तुत गरिएको थियो ।

 


Published :माघ १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media