बुढानिलकण्ठ नगरपालिकाको १५औं अधिवेशन सम्पन्न, वडा नं ६ मा यस्ता छन् योजना

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाको १५ औं अधिवेशन सम्पन्न भएको छ। नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको नगर सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ भने २०८१ श्रावण १ गते देखि पुस १५ गते सम्म सम्पन्न भएका विभिन्न भौतिक पूर्वाधार निर्माणको प्रगति विवरण समेत प्रस्तुत गरिएको छ ।

उक्त अधिबेशनबाट पछिल्लो समय बिकास र सम्र्द्वीमा फड्को मारिरहेको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा केही महत्त्वपूर्ण र केही अपुरा योजनाहरु पुरा गर्न बजेट निश्चित भएको वडाध्यक्ष रवि खड्काले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन्। वडाध्यक्ष खड्काका अनुसार वडाका विभिन्न योजनामा निम्नानुसार बजेट विनियोजन भएको छ।

१) च्यासुन्डोल खानेपानी     १ करोड १४ लाख
२) च्यासुन्डोल विष्णुमति जाने बाटो     ५० लाख
३) नयाँ वडा भवन      ४० लाख
४) न्युकोलनी युरो जाने मेन बाटो    १० लाख
५)वडा नम्बर ४,५ र ६ को विभिन्न सडक मर्मत   ८ लाख
६) इटालिटार सडक भुक्तानी बाँकी     १८ लाख ५० हजार
७) वडा नम्बर ४ ,६ र ९ वडा भवन ब्यबस्थापन    ५० लाख
८) साना तिना अपुरा सडक        बजेट उल्लेख छैन
१) पासिकोट शुभम मार्ग        २ लाख
२) ओखलगाउ पार्क              ५ लाख
३)पासिकोट सकम्बरी मार्ग     ४ लाख
४) पासिकोट फुलबारी मार्ग    २ लाख ५० हजार
५)च्यासुन्डोल बिन्दाबासिनी मार्ग  २ लाख ५० हजार
६) ओखलगाउ नर्सरीबाट भित्र    ४.५ लाख
७) भद्रकाली मन्दिर ढुङ्गा सोलिङ   ५ लाख
८) नयाँ वडा भवन ढल निकाश       ४ लाख
९) धरमपुर लिङ्गो गाड्ने स्थान        १ लाख ५० हजार
१० ) वडा भरी सडक मिरर             ५ लाख
११) च्यासुन्डोल नयाँ बस्ती मार्ग        २ लाख
११) समाबेसी टोलमा ढल निकास    १० लाख
१२) विष्णुमति उज्वल बस्ती             २ लाख


Published :माघ १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media