रवि लामिछाने धरौटी बुझाएर थुनामुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।

जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त आदेशपछि बैंक ग्यारेन्टीमार्फत् लामिछानेले धरौटी रकम बुझाएका हुन्  ।

लामिछानेलाई गत विहिबार जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


Published :माघ २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media