वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।

बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा उनीहरूले नेपाल ल क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘कानून व्यवसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु कानून व्यवसायीको पेसागत धर्म हो’, ‘निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो’ लगायतका नारा लगाउनुका साथै प्लेकार्डसमेत प्रदर्शन गरेका छन्।

लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो। वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विभिन्न संघसंस्थाले समेत निन्दा गरेका छन्।


Published :माघ ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media