स्वास्थ्य मन्त्रालयले पक्षघातको महँगो औषधि निःशुल्क उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्।

समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सयजनाले ज्यान गुमाउँदै आएका छन्। यस्तो  अवस्थामा अमेरिकी सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ।

‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुन्छ। एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार पर्ने गरेको छ।


Published :माघ ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media