ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

तोकिएको कार्य समयअगावै काम सम्पन्न भए निर्धारित समयभन्दा पहिल्यै बिजुली आउनेसमेत सूचनामा उल्लेख छ ।


Published :माघ ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media