अधिवक्ता त्रिपाठीमाथिको आक्रमणको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कानुन व्‍यवसायीहरूले प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च बार एशोसिएशनको अगुवाइमा नेपाल बार एशोसिएशनको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

कानुन व्‍यवसायीहरूले त्रिपाठीमाथि कुटपिटमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गर्नुपर्ने, विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार सुरक्षित हुनुपर्नेलगायतका माग गरेका छन् ।

गत बुधबार रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको थियो ।

त्रिपाठीमाथि भएको दुर्व्यवहारमा संलग्नलाई खोजेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Published :माघ ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media