रवि लामिछानेलाई आज पनि लगाइयो परिवारको जिम्मा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।

सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन् ।

आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको छ ।

सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।

प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन् ।

बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका पूर्व गृहमन्त्री लामिछाने हिजो आफैं जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो ।


Published :माघ १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media