थाहा पाउनुहोस् २०८१ माघ ११ गते शुक्रबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ ११ गते शुक्रबार, ई.स. २०२५ जनवरी २४, तिथि- माघ कृष्णपक्ष दशमी, अनुराधा- नक्षत्र, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः५६, सूर्यास्त- १७ः३७ ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

कर्कट : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

तुला : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

वृश्चिक : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।


Published :माघ ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media