आज पनि रवि लामिछानेलाई लगाइयो परिवारको जिम्मा

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि नसकिएपछि उनलाई अदालतले उहाँलाई आजपनि परिवारको जिम्मा लगाएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा तीन दिनदेखि जारी थुनछेक बहसमा आज जाहेरवालाका वकिल र प्रतिवादी पक्षका केही वकिलले पनि बहस गरेका थिए । अब आइतबार थप बहस हुने र सोही दिन आदेश आउनेछ ।

रविको तर्फबाट सुरूमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले गर्नुभयो। सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनिता राउत लगायतले बहस गर्ने तयारी छ।

बिहीबार पनि बहस नकिएपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो ।

रवि लामिछाने पक्षका वकिलहरूले बहस सकाएपछि फेरि जवाफी बहस हुनेछ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवलपछि उहाँले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी छ ।


Published :माघ ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media