थाहा पाउनुहोस् २०८१ माघ १४ गते सोमबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ १४ गते सोमबार, ई.स. २०२५ जनवरी २७, तिथि- माघ कृष्णपक्ष त्रयोदशी, मूल- नक्षत्र, ८ः२० बजेपछि पूर्वाषाढा, हर्षण- योग, गर- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः५५, सूर्यास्त- १७ः३९ ।

मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कन्या : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

तुला : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

वृश्चिक : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।


Published :माघ १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media