स्वास्थ्य बीमा रकम पाँच लाख पु-याइने

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन्।

आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्ने छु, त्यसले बिरामीलाई सहयोग हुनेछ।’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो।


Published :माघ १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media