थाहा पाउनुहोस् २०८१ माघ १५ गते मंगलबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ १५ गते मंगलबार, ई.स. २०२५ जनवरी २८, तिथि- माघ कृष्णपक्ष चतुर्दशी, पूर्वाषाढा- नक्षत्र, ८ः५६ बजेपछि उत्तराषाढा, वज्र- योग, भद्रा-करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः५४, सूर्यास्त- १७ः४० ।

मेष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

वृष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिंह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कन्या : समस्या दर्साउँदा पनि सहयोगी भेटिन गाह्रो हुनेछ ।

तुला : प्रेम र मित्रताको बन्धन जोखिममा पर्नेछ ।

वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।


Published :माघ १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media