थाहा पाउनुहोस् २०८१ माघ १६ गते बुधबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ १६ गते बुधबार, ई.स. २०२५ जनवरी २९, तिथि- माघ कृष्णपक्ष औंशी, उत्तराषाढा- नक्षत्र, ९ः०३ बजेपछि श्रवण, सिद्धि- योग, चतुष्पद- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः५४, सूर्यास्त- १७ः४१ ।

मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।


Published :माघ १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media