आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको करको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएपछि सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

सो आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो ।


Published :माघ १८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media