थाहा पाउनुहोस् २०८१ माघ २१ गते सोमबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ २१ गते सोमबार, ई.स. २०२५ फेब्रुअरी ३, तिथि- माघ शुक्लपक्ष पञ्चमी, ९ः५८ बजेपछि षष्ठी, रेवती- नक्षत्र, सिद्ध- योग, वालव- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५१, सूर्यास्त- १७ः४५ ।

मेष : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।

सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।

कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागि हुने समय छ ।

कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।


Published :२१ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media