नेपाली श्रमिकलाई विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत  शुक्रबारदेखि यो सेवा थालेको हो।

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रम स्वीकृति प्रदान गरे।

राजदूत अर्यालले नेपाली श्रमिकको हकहितका लागि हरेक किसिमको सहयोग गर्ने बताए। महानिर्देशक खत्रीले श्रम स्वीकृतिविना विदेश आउँदा हुने समस्याबारे सचेत गराए।


Published :माघ २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media