थाहा पाउनुहोस् २०८१ माघ २४ गते बिहीबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ २४ गते बिहीबार, ई.स. २०२५ फेब्रुअरी ६, तिथि- माघ शुक्लपक्ष नवमी, कृत्तिका- नक्षत्र, ब्रह्म- योग, वालव- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः५०, सूर्यास्त- १७ः४७ ।

मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृष :राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मीन : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।


Published :२४ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media