थाहा पाउनुहोस् २०८१ माघ २७ गते आइतबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ २७ गते आइतबार, ई.स. २०२५ फेबु्रअरी ९, तिथि- माघ शुक्लपक्ष द्वादशी, आद्र्रा- नक्षत्र, विष्कम्भ- योग, वव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः४८, सूर्यास्त- १७ः५० ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।


Published :२७ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media