अध्यादेशप्रति जसपा नेपाल सकारात्मक छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले  संसदबाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको बताए। पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने यादवले बताए । सरकारले संसदको कार्यसूचिमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने उनको भनाई छ ।

उनले अहिले सरकारमा जाने अवस्थामा आफूहरु नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताए ।


Published :२७ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media